महारानी (चन्द्रप्रकाश बानियाँ) पुस्तक समीक्षा

चन्द्रप्रकाश बानियाँद्वारा लिखित ‘महारानी’ पुस्तकमा नेपालको इतिहासलाई बडो रोचक ढंगबाट प्रस्तुत गरिएको छ। नेपाल एकीकरण हुनु भन्दा अगाडी नेपाली समाजको अवस्था र तत्कालिन आवस्थामा दरबारभित्र हुने क्रियाकलापलाई जिवन्त रुपमा प्रस्तुत गरिएको छ। यस पुस्तकमा भएका सबै घटनाक्रम हरु पूर्णत तथ्य नभएता पनि त्यतिबेलाको पर्बत राज्यको सुनौलो इतिहास लाई किताबमा न्याय गरिएको छ।

पुस्तक पढ्दै जादा सुरुमा दरबारिया र त्यसमाथि बिशेसगरी राज्य संचालनको निम्ति विभिन्न नीति हरु के कस्तो हुनुपर्छ भन्ने कुरा मा तत्कालिन पर्बत राज्यका जल्दाबल्दा काजि, राजजैसी हरु मध्ये विभिन्न कुरामा बिचार बिमर्ष का प्रसङ्ग पढ्न पाइन्छ।

तत्कालिन पर्बत राज्यमा मल्ल राजाद्वारा थापा, बानियाँ खलकहरु लाई बेवास्ता गरिएको र पर्बत राज्य एकीकरणमा महत्वपुर्ण भूमिका खेले पनि दरबारबाट यी खलकहरु टाढिएका पाइन्छन।

येस्तै प्रसंगमा महाराज का दुइवटि रानी मध्ये जेठी रानी गर्भवती भएकी हुन्छिन र संयोगवस कान्छी रानी पनि केहि समय पछि गर्भवती हुन्छिन। गर्भमा पहिलो जेठी रानी भएता पनि कान्छी महारानीबाट पहिलो सन्तान ‘छोरो’ को रुपमा जन्म हुन्छ। यसले गर्दा गर्भमा पहिलो जेठी रानी भएता पनि कान्छी महारानीको छोरो पहिले जन्मेका ले उनैलाई राजा को उत्तराधिकारी (युवराज) को संज्ञा पाउने सौभाग्य प्राप्त हुन्छ।

यस घटना बाट जेठी रानी ‘महारानी’ हुने सौभाग्य बाट बन्चित हुन्छिन र उनलाई ठुलो बज्रपात पर्छ। यहि घटना ले गर्दा उनि पर्बत छोडेर आफ्नै माइती जुम्ला फर्किन्छिन र उनको छोरो को रेखदेख पनि जुम्ला दरबार कै हेरचाह मा हुन्छ।

कथा ले अन्योल मोड कहानिर लिन्छ भने, जब जेठी रानीका छोरा ठुलो भएसी पर्बत को राजगद्धी को हक माग गर्न आउछन। यसैबिचमा राजा हुने हकदार को भन्ने कुरा मा ठुलो विवाद उत्पन्न हुन्छ। उत्तिनै बेला युवराज को बिहे को प्रसङ्ग उठ्छ र युवराज लाई धेरै ठाउ बाट नरिवल आएको हुन्छ।

उनको बिबाह दुइवटि राजकुमारी संग हुने कामकुरो छिनिन्छ तर बिबाह चै उनको शीक्षा सकिए पश्चात मात्र गर्ने निर्णय हुन्छ। तर कथा ले उत्ति नै बेला नसोचेको मोड लिन्छ।

सायद सबै कुरा यहि भन्दा पुस्तक र लेखक को न्याय नहुने हुदा यो पुस्तक आफै पढेर बिचार बिमर्स गरे लेखकलाई न्याय हुन्छ होला। पुस्तक पढ्दै जादा राजकुमारी बिस्वप्रभा को मार्मिक कथा ले जसको मन पनि भाबबिहोर हुन्छ।

पर्बत राज्य को अखण्डता को निम्ति सारा सर्वस्व बलिदान दिएका ले बिरंगना बिस्वप्रभा आज का दिन सम्म पनि लोकबाट ‘देवी’ को रुप मा पुजिदैछिन्। २०७६ साल को मदन पुरस्कार बिजेता समेत रहेको यो कृति सायद सबैले पढ्ने पर्ने रचना मध्ये को एक हो।

Add a Comment

Your email address will not be published. Required fields are marked *